
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रहेको अ भिलेख अनुसार रवि लामिछाने २०३२ साल जेठ २८ गते काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ मा जन्मेका हुन् । उनको नागरिकता नम्बर १८ *** हो । यही नागरिकताका आधारमा उनले सन् २००१ मा पासपोर्ट बनाए, जुन पासपोर्टको नम्बर १४८२*** हो । त्यही पासपोर्ट प्रयोग गरेर उनी अ मेरिका गए ।
सन् २०१३ मा नेपाल फर्केर लामिछानेले संसारकै लामो टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाएका थिए । तथापि उनले त्यसको अर्को वर्ष अर्थात सन् २०१४ मा अमेरिकी पासपोर्ट लिए ।उक्त अमेरिकी पासपोर्टको म्याद ५ मार्च २०१४ देखि लागू भएर आगामी ४ मार्च २०२४ सम्म छ ।
उनले यो अमेरिकी पासपोर्ट त्यागेको घोषणा गरेका छन्, जुन पासपोर्टको नम्बर ५१२९६६*** हो ।अमेरिकी पासपोर्ट लिएको अर्को वर्ष सन् २०१५ मे २७ बाट लागू हुने गरी रविले नेपाली पासपोर्ट बनाए । ०८८३४*** नम्बरको उनको नेपाली पासपोर्टको म्याद २६ मे २०२५ सम्म छ ।
यो पासपोर्टमा उनले नेपाली नागरिकता नम्बर १८२२२ प्रयोग गरेका छन् ।रवि काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता हुन् । उनको मतदाता परि चयपत्र नम्बर २६३४२*** हो । यो मतदाता परि यचय पत्रमा पनि उनको पुरानै नागरिकता नम्बर १८*** प्रयोग भएको छ ।
रविले अमेरिकी पासपोर्ट प्रयोग गरिरहेकै बेला पुरा नै नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएका हुन् कि अमेरिकी नागरिकता त्यागेपछि नेपाली पासपोर्ट बनाएका हुन् ?नेपाली पासपोर्ट बनाउँदा अमेरिकी नागरिकता त्यागेको निस्साविनै स्वतः खारेज भएको नेपाली नागरिकता पुनः प्रयोग गरिएको हो कि होइन ? अहिले यही विषयमा लामि छानेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।अमे रिकालाई सोध्ने कि जिल्ला प्रशासनमा खोज्ने ?मंसिर १२ गते गृहमन्त्रालयबाट एउटा पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्यो ।
पत्रमा चितवन –२ बाट निर्वाचित रवि लामिछानेले प्रयोग गरेको नागरिकता खारेज भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न निर्देशन दिइएको छ ।गृह को पत्र प्रहरी परिसरमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पा र्टीका सभापतिसमेत रहेका लामिछानेमाथि फौज दारी कसुर अन्तर्गत अनुसन्धान अगाडि बढेको छ ।
अब प्रहरीले सबैभन्दा पहिले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको भन्ने दाबीको तथ्य खोज्नेछ ।प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय मार्फत अमेरिका सँग रविले उताको नाग रिकता त्याग गरेको हो कि होइन भन्ने तथ्यको माग गरेको छ ।
लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि हाल प्रयोग गरिरहेको नेपाली नागरिकता लिएको हो लामिछानेले अमेरिकाको नागरिकता त्याग गरे पछि हाल प्रयोग गरिरहेको नेपाली नागरिकता लि एको हो कि खारेज भैसकेको पुरानै नागरिकता प्र योग गरेको हो भन्ने तथ्य त्यसपछि खुल्ने प्रहरीको भनाइ छ ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई कान्तिपुर टेलिभि जन सँग भन्छन्, ‘नेपाली नागरिकले अमेरिकी नागरि कता लिएर अमेरिकी नागरिक बनिसके को, त्यस पछि फेरि नेपालमा आएर अमेरिकी नागरिकता त्यागिसकेको भन्ने कुरा हो ।अब त्यो त्यागेको हो कि हैन भन्ने कुरा चाहिँ हामीले सम्बन्धित देशमा पत्राचार गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयमा पत्राचार गर्छौं ।
गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा पत्राचार हुन्छ र परराष्ट्रले फेरि सम्बन्धित देशमा पत्राचार गर्छ । त्यसपछि उताबाट जे डकुमेन्ट आउँछ, त्यसपछि नै यसको छिनोफानो हुन्छ ।’प्रहरीमा परेको उजुरीमा रविले अमेरिकाको नागरिकता त्यागे पनि पुनः नेपा ली नागरिक हुन कानुन बमोजिम प्रक्रिया सुरु नग रेको आरोप छ ।
चितवन २ बाट निर्वाचित सांसद रविले आफ्नो मत दाता परिचयपत्रमा १८*** नागरिकता नम्बर उल्ले ख गरेका छन् । जुन उनले अमेरिका जानुअघि नै लिएको नागरिकताको नम्बर हो ।सन् २०१५ मा यही नागरिकता नम्बर प्रयोग गरेर उनले नेपाली राहदानी लिएका छन् । जबकि रविसँग भएको अमेरिकी पासपोर्टको मिति सन् २०१४ देखि २०२४ सम्म छ ।
उनले सन् २०१५ मा नेपालको राहदानी लिएको भनेका छन् । तर, नेपालको राहदानी लिन यहीँ कै पुरानो नागरिकता ब्युँताएका हुन् ? प्रहरीको अनु सन्धान यसैमा केन्द्रित छ ।प्रतिनिधि सभामा नि र्वाचित रविले शपथ लिइसकेका छैनन् ।
फौजदारी कसुरमा मुद्दा चलेपछि विगतमा रेशमला ल चौधरीको सपथ रोकिएको नजिर छ । नागरिक तासम्बन्धी झूठो प्रमाण पेस गरेको ठहरेमा एक देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने कानूनी व्यवस्था छ ।