छोरी सुहानाका लागि इमानदार २० देखि २५ बर्ष सम्मको केटा खोज्दै झरना थापा

काठमाडौँ । सुनिल कुमार थापाको निर्माण तथा झ रना थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘भगवत् गीता’का लागि नायकको खोजी गरिउको छ ।

नायक धिरज मगरलाई निर्माण यूनिटले लिने तयारी गरेको भएता पनि पारिश्रमिकमा कुरा नमिल्दा धिर ज ‘भगवत् गीता’का लागि नायक नबन्ने पक्का भए सँगै निर्माण यूनिटले लभ स्टोरी

जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमेरका नायकको खोजी सुरु गरेको छ ।लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि भनेजस्ता चकलेटी हिरो पाएको छैन ।

त्यस्तै यो फिल्मका लागि बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० बर्ष उमेरका बा लकको खोजी गरिएको हो ।

२ सेड्यूलमा छायांकन गर्ने तयारी गरिएको फिल्म आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलि ज गर्ने तयारी गरिएको छ ।

सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिए पनि अहिले समय हेरफेर गरेर छायांकन गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।