पूर्व मिस नेपाल उषासँगको अंश मुद्धा चलिरहेकै अवस्थामा जी.पी.ले गरे सविनासँग दोश्रो बिहे

काठमाडौँ । संचारकर्मी जी.पी तिमिल्सिनाले पूर्व मिस नेपाल उषा खड्गीलाई डिभोर्स दिएको छोटो समयमा नै अर्को विबाह गरेका छन् ।
पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिना नवित्दै तिमिल्सिनाले परिवार र

आफन्तलाई साक्षी राखेर सविना अधिकारीसँग दो श्रो बिहे गरेका हुन् । उनको विबाहका तस्विरहरु अहिले सामाजिक संजालमा समेत सेयर भइरहेका छन् ।उषाले कागजी रुपमा जी.पीले आँफुलाई डि भोर्स दिएता पनि

अदालतको फैसला अनुसार कुनै पनि सम्पत्ती नदि एको उषाले बताइन् । जी.पीले दोश्रो बिहे गर्नु अगा डि आफ्नो व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो भ न्ने उषाको भनाई छ ।

तर एउटै घरको बिच फ्ल्याटमा उषा र उनका २ सन्तान पनि बस्दै आएका छन् । भने माथिल्लो तलामा जिपी र सबिना बस्दै आएका छन् ।जी।

पीले बिहे गरेर दोश्री श्रीमतीलाई पनि लोकन्थली को घरमा नै राख्दै आएका छन् । घरको तल्लो तला भाडामा लगाइएको छ ।

उषाका अनुसार भाडाको रकम पनि सबै जीपीले नै लिँदै आएका छन् ।अदालतले सम्पत्ती बाँडफाँड ग र्नु भनेपनि मलाई र मेरा सन्तानलाई दिने कुनै सुर सार उहाँको छैन, उषाले भनिन् ।

कुराकानीकै क्रममा निकै भावुक बनेकी उषाले भनिन् ‘अहिले मेरो घरमा तमासा चलिरहेको छ ।

अदालतले भने बमोजिमको बच्चा र मेरो अंश दिएर आफ्नो बाटो लाग्नुपर्नेमा जिपीले तमासा देखाइरहे का छन् । उषा र जी.पीबिच जेठ २६ गते अदातल मा डिभोर्स भएको थियो ।