
महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महा नगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न निर्दे शन दिएकी छन्।महानगरको सार्वजनिक निजी सा झेदारी एकाईका अधिकारीसँग छलफल गर्दै उपमे यर डंगोलले निजी साझेदारी कार्यक्रम
अन्तर्गतका आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी हुन्।‘आकाशे पुलका संरचना भत्किएका छन्। हिँड्दा अल्झिएर लड्ने अवस्था छ। बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ।
अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दै नन्। जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ।
यी बार पारदर्शी हुनुपर्छ। मर्मत गरेर दुरुस्त बनाउनु पर्छ। एक पटक बनाएर अलपत्र बनाएर हुँदैन। निय मित मर्मत गर्नुपर्छ। यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू।’
महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनि क निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचाल य निर्माण तथा व्यवस्थाप नलगायत योजनाका वि षयमा जानकारी गराएका थिए।
यो पनि,,रक्सीको नशामा श्रीमानको ह’त्या गर्ने श्री मती पक्राउ अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको ह’त्या गरेकी छिन् । छत्रदेव गा उँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षिय श्रिमान बलबहादुर नेपालीको ह’त्या गरेकी छिन् ।
छिमेकीको बर्खिमा (मृत्यु भएपछि गरिने बर्खि) मा सहभागी दुबै जनाले मंसिर २४ गते साँझ मदिरा से वन गरेर घर फर्किएका श्रीमान र श्रिमतीबिच घरा सी बिवाद भएको थियो ।
श्रीमान बलबहादुर सार्कीले श्रीमतीलाई कु’टपि’ट गरेको र सोही रिसले श्रीमती लक्ष्मी नेपालीले आ फुले कम्मरमा बाँधको पटुका
निकाली श्रीमानको घाँटीमा पासो लगाई घरको दो स्रो तलाको दलिनमा झु’ण्डाई ह’त्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय
अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।२५ गते प्रहरी निरीक्षक अर्जुन पौड्ेलको नेतृत्वको
टोलीले घटना स्थलमा पुगी अनुसन्धान गर्दा लक्ष्मी ले पासोबाट श’ब निकालेर भुईमा राखी पटुका आ फ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कु’टपि’ट गरेको
भन्दै छिमेकी गोविन्द बहादुर नेपालीको घरमा गएर गुहार मागेकी अनुसन्धानमा खुलेको छ ।लक्ष्मी नेपा लीलाई प्रहरीले पक्राउ गरी जिल्ला
अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक घिमिरे जानकारी दिए।