अर्जेन्टिना र मेस्सीविरुद्ध’को फाइनल खेलबारे यसो भन्छन् ग्रीजम्यान

विश्वकप फुटबलको फाइनल खेलबारे फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानले आफ्नो धारणा राखेका छन् । गत राति सेमिफाइनल खेलमा मोरक्कोमाथि २–० को जित निकालेर फाइनलमा लियोनल मेस्सीको टिम

अर्जेन्टिनासँगको भेट पक्का गरेपछि बार्सिलोनाका पूर्वखेलाडीले फाइनल खेलबारे बताए । गत रातिको खेलमा ग्रीजम्यान नै खेलको म्यान अफ् द म्याच घोषित भएका थिए । जारी विश्वकपमा ग्रीजम्यानले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

खेलपछि ग्रीजम्यानलाई अर्जेन्टिना र लियोनल मेस्सीवि रुद्धको फाइनल खेलबारे सोधिएको थियो ।विगतमा बार्सिलोनामा छँदा ग्रीजम्यानले मेस्सीसँगै खेलेका थिए ।

यसपटक विश्वकपको मञ्चमा उनले मेस्सी र उनको टिमविरुद्ध खेल्दैछन् । फाइनल खेलबारे सोध्दा ग्रीज म्यानले मेस्सीसहितको अर्जेन्टिना विरुद्ध फाइनल खेल्नु कठिन हुने बताएका छन् ।

अहिले विश्वभरबाट अर्जेन्टिनाको पक्षमा धेरै मानिस रहेको बताउँदै उनले आफूहरूका लागि अर्जेन्टिना कठिन प्रतिस्पर्धी हुने बताए ।

मेस्सी भएका कारणले मात्रै नभई अर्जेन्टिना अहिले उच्च लयमा रहेको ग्रीजम्यानले खेलपछि बताए ।‘अर्जेन्टिनाले खेलेको हामी हेरिरहेका छौं ।

र, उनीहरूले कसरी खेल्छन् भन्ने हामीलाई थाहा छ । प्रतिस्पर्धा गर्नका लागि उनीहरू एक कठिन टिम हुन् । किनभने, अहिले उनीहरू उच्च लयमा देखिन्छन् ।

यो मेस्सी भएका कारणले मात्रै होइन । मेस्सीका साथमा उनीहरूसँग एक मजबुत टिम छ । यो विश्वकपमा उनीह रूले विश्वभरबाट प्रशस्तै समर्थन पनि पाइरहेका छन् ।

हामीले धेरै राम्रो गरी तयार गर्नुपर्छ,’ ग्रीजम्या नले भनेका छन्, ‘यो फाइनल उनीहरूका लागि जति महत्त्वपूर्ण छ, हाम्रा लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । हामी पनि हार्नका लागि फाइनल खेल्न आएका छैनौं ।’