
काठमाडौं । गायिका रचना रिमालले टिकटक चलाउँदैमा इज्जत नजाने बताएकी छन् । सोमबार कास्कीको पोखरास्थित हलनचो कमा
आयोजित वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित ‘महापुरुष’को प्रचार–प्रसार कार्यक्रममा आफ्नो प्रसतुती पछि गायिका रिमालले यस्तो बताएकी हुन् ।
पोखराको उक्त कार्यक्रममा कमेडियन विकास अर्यालले टिकटक सेलिब्रेटीहरुको रोस्ट गरेका थिए । कार्यक्रममा कमेडियन अर्यालले गायिका रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै
व्यंग्यसमेत गरेका थिए ।अर्यालको आफू लक्षित सोही ब्यङ्ग्यलाई लिएर गायिका रिमालले रुँदै स्टेजबाट बाहिरिएकी थिइन् ।
उनले उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इ ज्जत नजाने उल्लेख गर्दै स्टेजबाट रुदै बाहिरिएकी थिइन् ।आफ्नो प्रस्तुतीको कारण गायिका रिमालले चित्त
दुखेपछि कमेडियन अर्यालले आम माफीसमेत मागेका थिए । उक्त कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया,
कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागिता थियो ।