
काठमाडौँ । बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा
सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् र मिडियाका समाचारहरु पनि डिलिट गर्न लगाइन् ।गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा
लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सह योगी मार्फत हटाउन आग्रह गरिन् ।
समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।
कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलो चना भयो ।
यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।
जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् ।
जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।