
चर्चित निर्माता तथा कलाकार केशव भट्राईको फिल्म ‘यात्रा’मा का म गरेपछि नायिका मलिका महत धेरैको रोजाइमा परिन् ।उनलाई कै यौँ निर्माता निर्देशकहरुले अफर गरे ।
तर मलिकाले फिल्म ‘पानी फोटो’मात्रै रोजिन् । त्यसपछि उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । फाट्ट फुट्न मात्रामा म्यूजिक भिडियो खेल्दै आएकी उनले त्यो पनि निकै रोजेर मात्रै खेल्छिन् ।
म्यूजिक भिडियोकी रोमान्टिक मोडलले फिल्म मा काम गर्न किन समय लगाइरहेकी छिन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो ।
मलिकालाई हामीले किन यतिविधि चुजी बनेको भन्ने प्रश्नमा उनले आँफुले काम गर्ने फिल्महरुको बल्ल सुरुवात हुन लागेको प्रतिक्रिया दिएकी छिन् ।
जसको अहिले कथा लेख्ने काम बल्ल हुन लागेको उनी बताउँछिन् । भन्छिन् सुरुवाती चरणमा रहेकाले पनि अहिले नै थाहा नभएको हो । केही समय पछि नै फिल्मको बारेमा जानकारी हुनेछ ।