सामाजिक संजालमा उपाद्रो मच्चाउने भेलुबाजेलाई कारवाही गर्न माग

काठमाडाैं । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मि नबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्र मुख जिल्ला अधिकारी सुनिता नेपाललाई

ज्ञापन पत्र बुझाइएको छ ।भेलुबाजेका हर्कतले बालबालिकालाई स मेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र

बुझाउनुभएको हो ।‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु

गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत

प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य रहेको जिसीले बुझाएको

ज्ञापन पत्रमा उल्लेख छ ।सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवा ञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा

सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्र मा सचेत गराइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।