जितको खुसियाली नसकिँदै अर्जेन्टिनीका धेरै फ्यानलाई जेल सजाय हुने सम्भावना कारण यस्तो…

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जित्दा फरक फरक किसिमले खुसियाली मनाउने क्रम जारी छ।कतारको लुसैल स्टेडियम मा अर्जेन्टिनालाई उपाधि दिलाउन गोन्जालो मोन्टियलले अन्तिम पेनाल्टी हानेपछि एकजना फ्यान अर्धनग्न भएकी छन्।

स्टेडियममा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाको राष्ट्रिय झण्डा युक्त ब्यानरसहितकी एकजना महिला समर्थक अर्धनग्न भएकी हुन्।अर्जेन्टिनाको जर्सीमा रहेकी ती फ्यान अर्धनग्न भएपछि कतारको कानुन अनुसार उनलाई जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अर्जेन्टिनाको शानदार जीतपछि उत्साहपूर्ण खुसियाली मनाउने क्रममा उनले आफ्नो शरीरको माथिल्लो भागको लुगा खोलेकी थिइन्।

तर मुस्लिमहरुको कडा शासन रहेको कतारको कानुनअनुसार त्यस का लागि उनले जेल सजाय भोग्नुपर्ने भएको छ।विश्वकपअघि नै स बै देशका प्रशंसकहरुलाई कतारको कडा र परम्परागत

कानुन तथा संस्कृतिको सम्मान गर्न भनिएको थियो। कतारको कानु नअनुसार आमरुपमा पुरुष र महिला दुवैका लागि काँध र घुँडा पूरै ढाक्नुपर्ने भनिएको थियो।

रूढीवादी संस्कृति रहेको कतारमा महिलाहरु लाई कुनै किसिमको खुल्ला कपडा लगाउन निषेध गरिएको थियो। त्यस्तै कुनै अंग देखा उन पनि निषेध गरिएको छ। विदेशी महिला पर्यटकहरुलाई पनि पूरै शरीर ढाक्ने कालो लुगा लगाउन आवश्यक नपर्ने नियम बनाइएको थियो।

विदेशी महिलाहरुलाई आफ्नो छाती ढाक्नका लागि गलामा स्कार्फ लगाउन भनिएको थियो।साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पारा डेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टी मा गोल गरे ।तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार

बाहिरिएको थियो ।त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।खेलको १०९ औं मिनेटमा मेस्सीले र खेलको ११८ औं मिनेटमा एमबाप्पेले

पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि दुबै टोलीले थप गोल गर्न स केनन् र खेल पेनाल्टीमा गएको थियो ।