गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपाने अलग भएका हुन् ?

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो ।दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए ।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे ।अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ ।

दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।ऋचाले

इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् ।

निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बि हेका तस्वीर हटाएका छन् ।अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ।

उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् । नेपाल आइडलबाट चर्चामा आएका निशान

पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन्।