कति बाकसमा मात्रै फर्किने ? नेपाल फर्किनुहोस् आकर्षक रोजगारी दिनेछु : रवि लामिछाने

काठमाडौं । No Visa, Free Ticket, यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भए का ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छु क ब्यक्तिको हामीलाई खाँचो परेको छ।

हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्य कारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला।

म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्र हण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनम तको कदर नगर्ने कुरा आउँदैन ।’

यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।