
चर्चित बाल कलाकार सचिन परियारको उपचारको लागि बेलायबाट सहयोग जुटेको छ । सामाजसेवी इशा गुरुङले परियारको ज्यान जो गाउन २० हजार सहयोग गर्ने घोषणा गरेकी छिन ।
सचिन परियार बाबुको लाई बचाउनु हाम्रो दायित्व हो, मानवताको नाताले रु २० हजार सानो सहयोग गरौला म पनि भन्दै सामाजिक संजाल फेशबुकमार्फत जानकारी गराएकी छिन ।
फेशबुका Isha Maya Gurung यस्तो लेख्नुहुन्छ,‘सचिन परियार बाबु लाइ बचाउनु हाम्रो दायित्व हो , मानबताको नाताले रू २० हज़ा र सानो सहयोग गरौला म पनि .. 🙏”
कस्तो छ सचिनको अवस्था ?
काठमाडौ । पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन ।‘तरका रीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् ।
तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरै लाई रोचक लाग्यो ।
उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो ।उनले बो लेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।
तर, केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्।हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।
सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमा ए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आए का सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।
उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बता एका छन्।
भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा स चिन को अबस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पताल को आईसीयूमा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का का रण रोकिन सक्ने खतरा भयकाले सचिन बाबुलाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।