
गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य
ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनि धिसभा उम्मेदवार बने का सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भि डियो ल्याउँदै
आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भि डियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न स किन्छ ।भिडियोमा जुम्लाको स्थानीय रहनसहन,
भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको
गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टि मको प्रशंसा गरे ।
उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दरताको वर्णन गरेको बताए । त्यस्तै ढकाल ले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा देख्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टि मको खुलेर प्रशंसा गरे