
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भैसी काट्ने निम्तो आएको छ। हुसेन जी नामका ब्यक्तिले मेयर साम्पाङलाई भैसी काट्न निम्तो गरेका छन।
क्रिसमस डेको अवसर पारी मेयर साम्पाङले शुक्रवार उपमहानगरपालिकाको कार्यालयमै केक काटेपछि हुसेनले चेतावनी दिदै भैसी काट्न बोलाएका हुन।
एउटा धर्मका अनुयायीहरुले गरेको आग्रह टार्न नसकेपछि अर्को धर्म मान्नेहरुको आग्रह पनि मेयरले मान्नु पर्ने हुसेन को आसय छ। सवै धर्मलाई समान रुपले हेर्नु पर्ने उनको भनाईबाट वुझ्न सकिन्छ।
मेयर साम्पाङले सामाजिक सञ्जालमा कृष्चियनहरुको आग्रहमा केक काटेको कुरा शेयर गरेपछि हुसेनले यस्तो प्रतिक्रिया दिएका हुन। साम्पाङले शनिवार आफनो फेसवुकमा लेखेका छन्–
‘हिजो केक लिएर कृश्चियन दाजुभाइ अफिस आउनु भएको थियो ! केक काट्न अनुरोध गरे ! किन खिन्न बनाइदिनु भनेर केक काटेको मलाई कृश्चियन ठानेछन !
धार्मिक सहिष्णुता राखौ है !’त्यसपछि सुसेन जीले लेखेका छन्–‘म मेरो कुर्बानी पवमा भैंसि लिएर आउँछु। काटेन भने मैले जान्याछु!’
यो स्ट्याटससँगै साम्पाङ विवादमा परेका छन्। साम्पाङले क्रिश्चियन धर्मलाई जस्तो हिन्दु सनातन धर्म र अन्य धर्म लाई सहयोग र समर्थन नगरेको भन्दै अधिकांशले आलोच ना गरेका छन् ।