राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो

१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्ता मा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।

स्रोतका अनुसार राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुख मा आलोपालोको सहमति भएको छ । यो सहमतिअनुसार सुरुमा प्र चण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ ।

जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ । माओवादीले सभामुख पाउने छ ।

एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदे शसमा यो गठबन्धनको सरकार बन्नेछ ।

केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटमा भोलि सम्वाद हुने एक नेता बताउँछन् ।