सचिनको नाममा करोडौ उठाएर खाने ठगलाई ना,ङ्गेझार पार्ने सर्मिलाको घोषणा

सिरियल किलर चार्ल्स शोभराजको अपराध यात्रा जति सनसनीपूर्ण छ, उनका प्रेम कहानी पनि त्यत्तिकै रोचक छ । नेपालको जेलमा रहँदा आफूभन्दा ४६ वर्ष कम उमेरकी निहिता विश्वाससँगको प्रेम र विवाह शोभराजको जीवनको एउटा महत्वपूर्ण चर्चाको पाटो हो ।

शुक्रबार जेलमुक्त भएपछि शोभराज–निहिताको सम्बन्ध के हुन्छ भन्नेमा धेरैको चासो थियो । तर, जेलमुक्त भएपछि शोभराज निहितासँग नभेटी फ्रान्स उडेका छन् । निहिता शुक्रबार बिहानैदेखि कालिकास्थानस्थित अध्यागमन विभागको परिसर पुगेकी थिइन्,

तर उनलाई शोभराजसँग भेट्न दिइएन ।अध्यागमनका कर्मचारी भने शोभराजले नै निहितालाई भेट्न नचाहएको बताउँछन् । शोभराजको व्यवहार जेल र प्रेमबाट एकसाथ ‘रिहा’ भएजस्तो देखियो ।

कानुन व्यवसायीका रूपमा पनि निहिता र उनकी आमा शकुन्तला थापाले नभई अरूले नै शोभराजलाई सघाएका थिए । शोभराजलाई रिहाइको माग गरी सर्वाेच्च अदालत मा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको पछिल्लो रिटमा निहिता र शकुन्तलाले नै बहस गरेका थिए ।

तर, उनलाई निष्कासनको प्रक्रियामा अधिवक्ता गोपाल सिवाकोटी ‘चिन्तन’ले उनलाई सघाएका थिए ।शकुन्तला र निहिताले अध्यागमन विभाग भित्र प्रवेश गर्नसमेत पाएन न् ।

विभागभित्रैबाट शोभराजलाई उच्च सुरक्षाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिए कोमा उनी साढे ६ बजेको कतार एयरलाइन्सको उडानमार्फत फ्रान्सका लागि उडेका थिए ।

‘उनकै आग्रहमा हामीले अधिवक्ता सिवा कोटीलाई सहयोगको अनुमति दिएका हौँ,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘निहिता र शकुन्तलाको सहयोग उनले लिन नखोजेजस्तो देखियो ।’

सर्वाेच्च अदालतको आदेशमा छुटेपछि शोभराजलाई शुक्रबार रिहा गरी उनलाई निष्कासन गरिएको हो । १० वर्ष नेपाल आउन नपाउने गरी उनलाई निष्कासन गरिएको छ । अध्यागमनसम्बन्धी कसुरमा उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत तिराइएको छ ।

अध्यागमनसम्बन्धी कार्यविधि, २०६५ को दफा ६.३ (२) अनुसार निष्कासन गरिएको हो । सामान्यतया निष्कासन को प्रक्रिया दुई–तीन दिन लाग्ने भए पनि उनको सुरक्षा चुनौतीपूर्ण बनेपछि एकै दिनमा निष्कासन गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अध्यागमन विभागमा शुक्रबार मिडिया तथा सर्वसाधारणलाई समेत प्रवेश दिइएको थिएन ।