आईसीयू बाट जनरल वाडमा सारेपछि सचिन सँग आज गरेको कुराकानी, मज्जाले बोले सचिन (भिडियो सहित)

काठमाडौ । बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आए को छ। अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।

सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरीर का अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयू बाट जनरल वाडमा सारिएको छ।

खर्चको अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भइ रहेको छ। केही समयअघि चर्चित टेलिशृङ्खला मेरी बास्सैमा समेत अभिनय गरेका सचिनले

नेपालका चर्चित कलाकारहरूसँग पनि काम गरेका छन्।यो पनि: केहि वर्ष पहिले सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए ।

सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रो चक लाग्यो । उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो ।

उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चल चित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।उनै सचिनले ‘इन्द्रेणी’कार्यक्रममा पुगेर बालगायिका आयुषा गौतमसँग रमाइलोका साथ गीत गाए ।

सचिनले ‘ढाका चोली’बोलको गीतको भिडि योमा अभिनय गरे । य स्तै सचिनले अभिनय गरेको अर्को भिडियो ‘रुमाल खस्छ की’ पनि सार्वजनिक भयो ।

गतवर्ष युट्युबमा भाइरल होचो कदकी मुना मगर र सचिनको अभि नयमा सार्वजनिक गीतलाई पनि युटुबमा ६ लाख भन्दा बढी पटक हेरिएको छ ।

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल सँग काम गर्ने सपना धेरैको हुन्छ । तर, सचिनले यो सपना पुरा गर्नका लागि लामो समय पर्खिनु परेन ।

भाइरल बालक सचिनसँग हमालले पनि कम्मर मर्काए ।