
११ पुस, काठमाडौं । नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस नेतृत्व को गठबन्धन भत्किएको छ । पुरानो गठबन्धन भत्किएन मात्र, माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत यता न उता भयो ।
अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवा दीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोप समेत लगाए ।
उनले कांग्रेसको रवैयादेखि धेरै पीडित भएको बताउँदै उनले भनेका छन्, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपरेको छ ।’
पछिल्लो राजनीतिक परिस्थितिबारे अनलाइन खबरसँग खुलेर कुरा गरेका नेपालले निराश नभइकन एउटै कम्युनि ष्ट पार्टी बनाउन लागिरह ने समेत बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपालसँग अनलाइनख बरका सम्पादक बसन्त बस्नेतले गरेको कुराकानी –
एमालेले एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुनसक्छ भन्ने आशयको अभिव्यक्ति दिएको छ । तपाईंहरूको प्रतिक्रिया के छ ?
अब नेकपा एकीकृत समाजवादीको कोसँग कुरा गर्नुभए को छ थाहा छैन । बसेर कुराकानी गरौं भनेर प्रचण्डजीले भन्नुभएको छ । हामीले यस सम्बन्धमा ‘पर्ख र हेर’को नीति लिएका छौं ।
किनभने शेरबहादुरजीले अथवा नेपाली कांग्रेस ले जुन रबैया अपनायो, योसँग हामी पनि सहम त छैनौं । शेरबहा दुरजीले जुन बचन दिनुभएको थियो र त्यसपछि स्वभावि क पनि देखिएको थियो, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउ नुपर्थ्यो ।
अब त्यो नहुँदा स्वभाविक रूपमा एउटा ठूलो विश्वासको संकट खडा भयो । नेपाली कांग्रेसको कार्यशैली पनि चित्तबुझ्दो थिएन । राजनीतिकरू पमा सन्तुष्टि भएको अवस्था थिएन, असन्तुष्टि बढिरहेको थियो ।
त्यो अवस्थामा स्वभाविकरूपमा जो जसले साथ दिनस क्छ, साथ लिएर उहाँले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । म यसलाई अन्यथा ठान्दिनँ । यो गठबन्धन तोड्ने काम मा देउवाकै भूमिका देखियो होइन ?
गठबन्धन तोड्न नभनौं । टुट्दैन भन्ने ठान्नुभएको होला । टेकन एस ग्रान्टेड पनि हुन्छ कहीँ । प्रचण्डजीले १५ वर्षसम्म गठबन्धन टिक्छ भन्ने कुरा कानमा लिएर बस्नु भएको भए … -हाँस्दै) । अब प्रचण्डजीले आजको मितिदेखि गठबन्धनमा हामी रहँदैनौं, टुट्यो भन्ने ठान्नुस् भनेर हिंडेको । यसो भनेर हिंडेपछि त चेत्नुपर्ने हो नि, त्यहीबेलै पटकपटक भनिसकेपछि । मैले भनेँ ।
अब ४ बजे आएर शेरबहादुरजीले ‘अब प्रचण्डजीलाई भन्नुपर्यो, उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्यो’ भन्नुभयो । जब अर्को पक्षहरूको बीचमा सल्लाह गरेर कागजमा सही गरिसकेको अवस्थामा मैले ४ बजे भनेर केही अर्थ लाग्थ्यो ? समयमा सोच्न नसक्दा खेरि… ।
त्यतिबेला त प्रचण्ड गइसक्नुभएको थियो नै पहिला नै होइन ?
अब ४ बजे त सबै … कति बजेर कति मिनेटमा बालकोटमा सहमति भइसकेको थियो, हामी सबैलाई थाहा छँदैछ ।
हो, त्यतिबेला सहमति भइसकेको थियो नि !भइसकेको थियो नि । ४ बजे त मैले भनेँ सबै सकिइसकेको थियो ।
तर देउवाले त अपेक्षा नै राख्नुभएको रहेनछ कि रातारात यसरी परिस्थिति उल्टिन्छ भनेर ? मैले त भनिसकेको थिएँ । भन्नलाई केही बाँकी थिएन ।
एमाले र प्रचण्डको कुरा हुनसक्छ भनेर भन्नुभएको थियो ?त्यत्रो कुरा भइरहेको थियो, कसलाई थाहा थिएन ?भनेपछि प्रचण्डलाई प्रधानमन्त्री नदिएपछि त उहाँ जानुहुन्छ भन्ने कुरा त पक्कै थियो ?
त्यो त पहिलेदेखि नै थाहा थियो नि बाबा । प्रचण्डजीले कहिले देव गुरुङलाई पठाएको, कहिले को गएको । पत्रपत्रिकामै आएको होइन र ? यी सबै घटनाक्रमहरू राज्य सञ्चालन गरेर बसेको मान्छेले घन्टा घन्टामा को कहाँ हिंडिरहेको छ थाहा पाउनुपर्दैन ?