
काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।
सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।
अन्य समाचार / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्री दिने निर्णय गरेका हुन् ।
माओवादी स्रोतका अनुसार सभापति लामिछानेलाई केहीबेरमा शपथ खुवाउने तयारी पनि भइरहेको छ । सभापति लामिछानेले सोमबार बिहान बसेको गठबन्धन काे बैठकमा आफूले उपप्रधान तथा गृह मन्त्रालयमा दाबी गरेकाे बताएका थिए ।
काठमाडौँ– नयाँ सत्ता गठबन्धन दलहरूकाे बैठक नयाँ बानेश्वरमा जारी छ । बानेश्वरस्थित केहीबेरअघि सुरु भएकाे बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएकाे छ।
बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम
भट्टराईलगायत नेताको सहभागिता छ । माओ वादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।
हिजाे आइतबार नयाँ प्रधानमन्त्रीकाे रूपमा प्रचण्ड नियुक्त भएका छन् । उनले आज अपराह्न ४ बजे पद तथा गोप नीयताको शपथ लिँदै छन् । प्रधानमन्त्रीसँगै केही मन्त्रीकाे पनि शपथ गराउने गरी सरकारमा सहभागी दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।