रोनाल्डोलाइ प्रेमिकाले दिइन् यति महङ्गो उपहार

काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको प्रेमिका जर्जिनाले उनलाई सेतो रंगको कार क्रिसमसमा रोल्स रोयस उपहार दिएकी छि न् ।

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रोल्स रोयस ऋरस्वरुप पाएका छन्। रोनाल्डोलाई उनकी प्रेमिका जर्जिना रोड्रिगेजले रोल्स रोयस गाडि क्रिसमसको उपहार दिएकी हुन्।

सोमबार रोनाल्डोले आफ्नो इन्स्टाग्रामको स्टोरिमा जर्जिनालाई स म्बोधन गर्दै ‘धन्यवाद प्रिय’ लेख्दै गाडीको फोटो सार्वजनिक गरे।

पार्टनर जर्जिनाले पनि इन्स्टाग्राममा उनीहरूको क्रिसमस डेको केही भिडियो सार्वजनिक गरेकी थिईन ।क्लिपको एक भागमा रोनाल्डो,

जर्जिना र बच्चाहरू घरको अगाडि बाहिर हिंडिरहेको देखाइएको थि यो। उनले गाडी देखेसँगै आश्चर्यजनक भाव प्रकट गर्दै छोरीलाई भुई पनि राखेका थिए।

भिडियोमा उनले आफ्नो घरको सजावट र क्रिसमस उपहार दिएको देखाएकी थिईन। रोल्स रोयस श्रृङ्ख्लाको फ्यान्तम मोडेलको गाडि को मुल्य नेपाली बजारमा करिब ६ करोड १७ लाख रुपैँयाबाट सुरु हुने गर्दछ।

विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पोर्चुगल पराजित भएसँगै रोनाल्डो भावुक हुँदै मैदानबाट बाहिरिएका थिए।

म्यान्चेष्टर युनाईटेडबाट बाहिरिएका रोनाल्डोले साउदी अरेबियासँग सम्झौंता गरेको प्रसङ्ग बाहिरिरहेको छ। तथापि, रोनाल्डोले सो बारे औपचारिक घोषणा गर्न बाँकी नै छ।