फेरी साम्राज्ञीले शम्भुजित बास्कोटालाई नारायण गोपाल भनेपछि यसरी बेइजती हुनु पर्‍यो

नेपालका धेरै नायिकाहरु सामान्य ज्ञानमा निकै कमजोर छन् । बोल्दा आइ थिंक र लाइक भन्दै सुरुमा अँग्रेजी छाँड्ने धेरै नायिकालाई सामान्य भन्दा सामान्य आफ्नै फिल्म क्षेत्रको पहिलो

अभिनेता, पहिलो अभिनेत्री, बरिष्ठ कलाकार, बरिष्ठ संगी तकारको नाम थाहा हुँदैन भने त्यो आफ्नै पेशाप्रतिको अपमान हो ।सम्झिन

नसक्नेले नेता, उद्यमी नचिन्न पाइन्छ तर आफ्नै क्षेत्रका बरिष्ठ ब्यक्तिहरुको नाम नजान्दा धेरैले लज्जित हुनु परेको छ । कतिपयले त अर्को पटक जानेर आउँछु समेत भन्दै प्रकाश सुवेदी सोबाट बिदा भएका छन् ।

यसैबिच नायिका साम्राज्ञी आएर एल शाहले प्रकाशकै शोमा पुगेर गाइजात्रा नै देखाएकी छिन् ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेलसहित कार्यक्रम मा पुगेकी उनले न निर्मल शर्मा गैँडा लाई ,,चिनिन्, न बहुचर्चित गायक तथा संगीतकार उदितनारायण झालाई चिन्छिन् ।

अरु त अरु न नेपालको पहिलो अभिनेता शिवशंकर मानन्धरलाई चिन्छिन् त न पहिलो अभिनेत्री भुवन चन्दलाई चिन्छिन् ।

भाइरल र चर्चित मेयर हर्क साम्पागंको अत्तो पत्तो थाहा नपाएकी साम्राज्ञीले अबताफ आल मले इट्टा भट्टा प्रकरण पहिलो पटक सुनेकी उनी कार्यक्रममा नै ट्वाँ परेर घर फर्किन् ।

अ रु त ठिकै कलाकारहरुले कम से कम आफ्नो क्षेत्रको मात्रै भए पनि सामान्य ज्ञान राख्न जरुरी छ । किनकी कलाकार दशेका गहना हुन् ।

कलाकारले देश विदेशमा प्रतिनिधित्व गरिरहँदा भोली यसरी नै सामान्य कुरा थाहा नपाएको भरमा जिल्ल परे फर्किन नपरोस् ।

फिल्म तिम्रो मेरो साथको प्रचारका लागि प्रकाश सुवेदीको शोमा पुगेपछि कहाँ कहाँ चिप्लिइन् साम्राज्ञी ?