
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का
क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्याल यको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।
कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै
त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो । तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चाल न गर्ने कि क्या म्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन ।
अेर्जेन्टिनी फुटबल टिम महँगा पाँच तारे होटल मा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो ।
डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ एक प्रकारको गोरुको सेकुवा बनाउन सजिलो हुने भएका ले अेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो ।
विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ ।
यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइ एका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिए का छन् ।