रेखा थापाको कम्मर ठोक्किदा धरहरा हल्लियो (भिडियो सहित)

रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापा ले एकछत्र राज गरिन्।

‘वाहवाही’ कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले एउटा मञ्च मै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा।

त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीति क क्षेत्रलाई पनि तताएको थियो। पछिल्लो समय राजनीतिमा सक्रिय हुनुअघिसम्म उनले २०७५ मा ‘मालिका’ फिल्म बनाइकी थिइन्।

त्यसयता पर्दामा सक्रियता कम भएपनि रेखा को उचाईं कम भएको छैन। उनी राजनीतमा सक्रिय छिन्। तर, उनलाई अहिले पनि अभिनय र अभिनेत्रीकै रुपमा चिन्नेहरुको जमात ठूलो छ।

एउटा सिंगो पुस्ताले नै हेरेका फिल्महरुमा रेखाले गरेको कामले नै उनको परिचय स्थापित गरेको छ।अहिले नायिका रेखा थापाले लामो समयपछि फिल्ममा आइटम नृत्य गरेकी छिन् ।

माघको २० गतेबाट रिलिज हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’मा रेखाको आइटम नृत्य हेर्न सकिन्छ । मिना पोखरेल निरौला र सपन कुमार राइको स्वर,

शिखर सन्तोषको संगीत र डाक्टर भोला रिजालको शब्द मा तयार भएको ‘धरहरा’मा रेखाको आइटम नृत्य हेर्न सकिन्छ ।

वी.आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा डाक्टर कपिल रिजालको कथा तथा निर्देशन छ । आइटम गीतको भिडियोमा रेखाको कम्मर ठोक्किएदेखि आँखाको गाजल को कुरा गरिएको छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु जितु नेपाल र बिजय बराललाई पनि फिचरिङ गरिएको छ ।फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका भएपनि गीत को भिडियोमा उनीलाई देख्न पाइदैन ।

सुदिप बरालको छायांकन रहेको फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र कपिल रिजालको लेखन छ ।