विवाहको तयारीमा नायिका पूजा शर्मा

काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजि क सञ्जालमा सक्रिय रहेकी उनले

ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएको प्रति उनले असन्तुष्टि जनाएकी थिइन् । निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् ।

उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो ।

आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिज लगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराए की थिइन् ।फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै

असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विवाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् ।