
फाल्गुण १९ गतेबाट रिलिज हुन लागेका २ नेपाली ठूला फिल्मको लफडा अहिलेबाट नै सुरु भएको छ । विशेष गरि, दीपकराज गिरीको टिमले फागुण १९ गतेलाई मिति तोकेर नयाँ पोष्टर सार्वजनिक भएपछि भित्री खेला समेत सुरु भएको बुझिएको छ ।
दीपकराज गिरीको टिमले ‘छक्का पन्जा ४’ चलाएवापत क्यूएफएक्सलाई कमिसन दिएको वुझिएको छ । दीपकरा ज गिरीको टिमले कमिसन दिएपछि क्यूएफएक्समा सोही मितिमा रिलिज हुन लागेको अनमोल केसी स्टारर फिल्म
‘छड्के २’ पाखा लाग्ने अड्कल यसका वितर कको छ ।श्रोतका अनुसार, कमिसनको खेला भएपछि ‘छड्के २’का वितरक सुनिल मानन्ध रलाई यो फिल्म क्यूएफएक्समा रिलिज नगर्ने भन्दै फोन आएको वुझिएको छ ।
तर, यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै वितरक मानन्धरले भने–‘मलाई फोन भने आएको होइन । तर, छक्का पन्जा ४ ले कमिसन दिएको कुरा सत्य हो । मेरो भोली मिटिङ हुँदैछ ।
त्यसपछि के हुन्छ जानकारी गराउनेछु ।’विशेष गरि, सुनिल मानन्धर आक्रोशित भएपछि नकिम उद्दिनले उनलाई भोली मिटिङका लागि बोला एका हुन् । फागुण १९ मा रिलिज हुन लागेका यी दुई फिल्म बक्स अफिसमा चम्कने अपेक्षा गरिएको छ
तर, फिल्म रिलिज अगावै हलमा देखिएको कमिसनको खेलाले भने समस्या पार्ने देखिएको छ ।यद्यपी यो मितिमा कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुने पक्का छ ।
तर फागुन १९ आउन अझै पूरा २ महिना बाँकी रहेकाले फागुन १९ गते कुन कुन फिल्मको भिडन्त हुनेछ भन्ने अहिले नै ग्यारेन्टी भने हुँदैन ।प्रतिक्षित मानिएका २ फिल्म ‘छक्का पञ्जा ४’ र
‘छड्के २’ ठूलो लगानीमा बनेका फिल्म भएका कारण पनि यी दुईमध्ये कुनै एकले प्रर्दशन मिति सार्न सक्ने समेत संभावना रहन्छ । ‘छड्के २’ को हालै पोस्टर रिलिज गर्दै प्रचार प्रसार ब्यापक रुपमा सुरु गरिउको थियो ।
जसमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि९पछाडि ग्याङस्टर हुलियामा केही युवकहरु देखिन्छन् ।
फिल्मको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । फिल्ममा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि अभिनय छ ।
फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता हुन् ।