‘१२ वर्षअघि बिहे गरेको दिन र मृत्युको अन्तिम दिन सम्झँदै भक्कानिन्छिन निराकरकी श्रीमती (फोटोफिचर)

थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्।

निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होट लबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए।

आगलागी भएर होटलमा थुनिएका बेला निरा कारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडिओ कलमा कु राकानी गरे।

दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिख मा थाइल्यान्ड गएका थिए। त्यहाँबाट घुम्नका लागि कम्बोडिया पु गेका थिए। कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए।

निरजले भने, ‘कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे म, मेरी श्रीमती र आमा काठमाडौंको सुकेधारामा उसको परिवार बसिरहेको ठाउँमा पुग्यौं।’

त्यसपछि निराकारसँग लगातार भिडिओ कलमा कुराकानी भएको र आफूहरूले उसलाई उद्धार हुने भन्दै सुरक्षित रहन भनिरहेको निरजले बताए।

‘भाइको नाबालक छोरा शुभार्जन र श्रीमती शशिकला लोहनी काठ माडौं बस्छन्,’ निरजले भने, ‘हुँदाहुँदै राति १२ बजेदेखि नेपाली समय बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भयो। हा मीले उसलाई धुवाँ आउँ छ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हु न्छ भनिरह्यौं। तर भएन।’

निराकारले होटलको १२ औं तलाबाट तलको दृश्य मोबाइलमा देखा एका थिए। भिडिओमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो। प्रहरी र सर्व साधा रणको भीड थियो। तर दमकलले तीन तलाभन्दा माथिको आ गोमा पानी हाल्न नसकेको निरजले बताए।

‘उद्धार टोली पर्खिँदा पर्खिँदै पूरै भवनमा आगो लाग्यो,’ निरजले भने। आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसके कामा निरज दुखी छन्। उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो। निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए। त्यसैले आगलागी सुरू भएको डेढ घन्टा पछि मात्र परिवारलाई खबर गरेका थिए।

निरज र परिवारले यताबाट कपडाहरू बाँधेर ढोकामा राख्नु भनिरहे। निराकारले ‘सक्दो कोशिस गर्दैछु’ भन्दै उद्धारका निम्ति पर्खिरहे। उ द्धार हुने कुनै अवस्था नदेखेपछि भने निराकार निराश भएर भिडिओ मा कुराकानी गर्न थाले।

निरजले भने, ‘मेरो परिवारलाई सक्दो माया गरिदिनुहोला, हेरिदिनु होला भन्ने भिडिओको क्लिपहरू पठायो। मैले उसलाई प्रेरणा दिइ रहन कान्छो भाइको बिहेका बेला सबै जना भएको भिडिओको क्लि पहरू पठाएँ। तर त्यो भिडिओ क्लिपको नोटिफिकेसनमा अझै ‘सिन ‘ भएन।’

 

कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेका दाजु निरज पाण्डे। तस्बिर : मनोज सत्याल/सेतोपाटी

आगोको घेरामा फसेका निराकरले उद्धार हुने आश नदेखेपछि होटल को १२ औं तलाबाट हाम फाले। दाजु निरजले कम्बोडियाको मिडि यामा प्रकाशित भएको एउटा फोटो भेटेका छन्।

‘होटलको झ्यालमा एक हातमा टर्चलाइट र अर्कोमा मोबाइल बोके को र झोला भिरेको फोटो छ,’ निरजले भने, ‘विदेशबाट बाकसमा लास आउँछ भन्ने सुनेका थियौं। आफ्नै परिवारमा यस्तो घटना भ यो।’

‘१२ वर्षअघि बिहे गरेको दिन र मृत्युको अन्तिम दिन सम्झँदै भक्का निन्छिन निराकरकी श्रीमती (फोटोफिचर)भाइले अन्तिम समयमा भनेका कुरा निरजको दिमाग फनफनी घुमिरहेको छ— आमालाई हेर्नू, परिवारलाई हेर्नू, मेरो बालख छोराको ख्याल गरिदिनू ल।

भिडिओ कुराकानी हुँदै गर्दा बीचबीचमा नेटवर्क टुट्थ्यो। त्यो बेला निराकारले आफ्ना छोराका लागि भनेर भिडिओ क्लिप खिचेर पठा एका थिए।

ती भिडिओ क्लिपमा साइरनको आवाज सुन्न सकिन्छ। उनी बोल्दै गर्दा कोठामा धुवाँ भरिएको पनि देखिन्छ।

निरजका अनुसार निराकारले केही साथीहरूलाई पनि सम्पर्क गरेका रहेछन्। उनले साथीहरूलाई आफूलाई केही भए, आफ्नो लास नेपा ल पठाइदिन भनेका थिए।

‘अब भाइ फर्केर आउँदैन, उसको बालख छोरालाई कसरी के भन्ने भइरहेको छ,’ निरजले भने।

निराकारका दाजु निरजसँग गरिएको भिडिओ कुराकानीः