आफुभन्दा कान्छा सलोनले विबाह गरिसके अब मैले ढिला गर्नै भएन नि भन्दै, नायिका पूजाले पनि खुलाइन् आफ्नै विवाहको मिति (भिडियो सहित)

काठमाडौं । अभिनेता सलोन बस्नेतले आज विबाह गरेका छन् । मं सिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव गरेका सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन् ।सलोन फिल्म निर्देशक शोभित बस्नेतका छोरा हुन् ।

सलोनको विबाहको रिसेप्सन पार्टी १४ गते काठमाडौंको एक पाँच तारे होटलमा दिइने बताइएको छ । यसैबिच सलोनको विबाहमा पुगेकी नायिका पूजा शर्माले आफ्नो विबाहका बारेमा रहस्य खोले की छिन् ।

अभिनेता सलोन बस्नेतले जीवनको नयाँ अध्या य सुरु गरेका छन् । ४ वर्ष लामो प्रेम सम्बन्धला ई यो जोडीले विवाहमा परिणत गरेका हुन् । निर्देशक शोभित बस्नेतले आफ्नो छोराको बिहे भव्य बनाउन कुनै कसर छाडेका छैनन् ।

उनले मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा छोराको रि सेप्सन पार्टी दिँदैछन् ।शनि वार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो ।

जहाँ करिश्माले हातमा लगाएको मेहेन्दीमा आफ्नो नाम खोज्न सलो न परिवार र साथीभा ईको साथमा पुगेका थिए । त्यहाँ सलोनले पनि आफ्नो हातमा मेहेन्दीले करिश्माको नाम लेखे ।

मेहेन्दी कार्यक्रम सकिएपछि साँझपख केटा र केटी पक्षबाट घन्टौंसम्म नाचगाना भएको थियो ।उक्त कार्यक्रममा सलोन र शोभित निकट केही कलाकारहरुको पनि उपस्थिति थियो ।

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए भने वर्षा राउत र संयोग कोइराला, प्रेम जोडी पूजा शर्मा र युद्ध बानियाँ, सलिनमान बानियाँ, आमेश भण्डारी लगायत पनि उपस्थित थिए ।

त्यहाँ सलोन र करिश्माले केही गीतमा नृत्य प्रस्तुत गरेका थिए ।एकातिर सलोन विवाहको रमझममा व्यस्त रहँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ ।

तर, दर्शक अभावले यो फिल्मलाई एक हप्ता पनि हलमा टिक्न मुश्किल पर्ने देखिन्छ । सलोनलाई भने फिल्म नचलेकोमा पिर छैन ।

बिहेपछि उनी पिता शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’मा काम गर्ने तयारीमा छन् । उनको हातमा अन्य केही फिल्म पनि छन् ।

हेर्नुहोस् भिडियो