
काठमाडौं / चन्द्रागिरिस्थित भालेश्वर मन्दिरका मुल पुजारी विदुर न्यौपाने सामाजिक सञ्जाल टिकटकमा सक्रिय छन्।
चन्द्रागिरिको मौसमको अवस्था एवं त्यहाँ आएका विशिष्ठ र चर्चित पाहुना आउँदा उनले टिकटकमार्फत जानकारी दिने गर्छन्।
जाडो महिना लागेसँगै चन्द्रागिरिमा हिउँ परेको छ वा छैन भन्नेबारे पनि उनले जानकारी दिइरहेका हुन्छन्।
यस्तैमा मंगलबार उनले टिकटकमा एक भिडियो राखे, जसमा थिए कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला।
दीपक खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र त्यसमाति ज्याकेटमा थिए भने दीपा साडीमा सजिएकी थिइन्।
भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्
https://vt.tiktok.com/ZS8MW8w4K/