
काठमाडौं – नेपाली घर भई हाल भारतको उत्त रप्रदेश स्थित मेरठमा काम गर्न पुगेका कैलाली को गौरीगंगा नगरपालिका १ गोप्कास्थित पीपल टोलका ३८ वर्षीय चन्द्रबहादुर, ३४ वर्षीया
श्रीमती कुमारी भुल र ४ वर्षीया छोरी अञ्जली खाना खाएर कोठीको कोठामा सुत्न गए। अत्यधिक चिसो का कारण कोठामा उनीहरूले कोइला बाले। कोइलाको धुवाँले निसासिएर तीनैजनाको मृत्यु भयो।
चन्द्रबहादुरका श्रीमती र एक छोरा र एक छोरी छन्। उनको १३ वर्षीय छोरा भुवन मात्र बाँकी रहे। ‘खबर सुनेदेखि वृद्ध आमाबुबा बेहोस छन् भने छोरा रोइरहेको छ।’
चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।
चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले नि सास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको सोमबार राती ज्यान गएको भारतिय मिडियाले जनाएका छन् ।
नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो ।
ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएको बताइए को छ ।
उपचारको लागि स्थानीय अस्पतालमा पुर्याउँ दासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवा रलाई खबर गरिसकिएको बताइएको छ ।