सन्दीप लामिछानेको मुद्धाले लियो नयाँ मोड

काठमाडौं । सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुछ लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सु नुवाइका लागि पेसी तोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न न भ्याइनेमा परेको छ ।

नाबालिका बला त्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहे को जिकीर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अ दालत पाटनमा पुनरावेदन दिएका थिए ।

यो पनि,,अनुराधालाई आपत रविकै हातमा तारा ले दिन निबेदन ब्या ट र बल समाउदै भने ढुक्क हुनुस भन्दै रवि हास्दै गए.., क्रिकेटर स न्दीप लामिछा नेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशो रीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका का गजात झिकाउन आदेश दिएको छ ।

सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिम लाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारा यणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो ।

सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी गर्दै आएको छ । तर, आरोपक किशोरी पक्षले भने उनी नाबालिग नै रहेको दाबी गर्दै आएको छ । हालसम्म देखिएका प्रमाण र सन्दीप पक्षका वकि लहरूका अनुसार आरोपक किशोरीका फरक–फरक जन्ममिती दे खिएका छन् ।

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन् । जसअनुसार उनी घटना भएको भनिएका ब खत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी ग रिदैँ आएको छ ।

सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ ।यो समाचार आजको नागरिक दैनिक मा प्रकाशित छ ।

तर, किशोरीको जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रका अनुसार भने उनको जन्म २०६२ जेठ १८ गते भएको देखिन्छ।

जसअनुसार घटना भएको दिन उनको उमेर १७ वर्ष दुई महिना भए को देखिन्छ । यही विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको हो ।

लामो समय बितिसक्दा समेत क्रिकेटर सन्दीप लामिछानेको मुद्धाले किनारा पाउन सकेको छैन । तर अब जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको

आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण माग गरेको छ । अदालतले जन्म प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको हो ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बा सेको इजलासले यस्तो आदेश दिएको हो । किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दी प पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन पनि आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ ।