
नेपालबाट सिड्नीमा छोराबुहारी भेट्न आउनुभएकी एक ७३ वर्षिया आमाको हृदयघा’ तबाट नि’ धन भएपछि अस्पताल खर्च र नेपाल शब पठाउन गो फण्ड मी अभियान सुरु भएको छ ।
पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन छोराले फुटबल खेल्ने बेनी फुटबल क्लबले अभियान सुरु गरेको हो । नेपालबाट आमाबुबा सिड्नी आईपुगेको डिसेम्बर ३१ तारिख मै बृद्ध आमालाई हृदयघा’ त भएको थियो ।
उपचारका क्रममा सिड्नीको कनकड अस्पतालमा हिजो उहाँको नि’ धन भएको हो । स्वास्थ्य बिमा नभएका कारण केही दिनकै उपचार मा १५ हजार डलर खर्च भएको छ ।
नेपाल श’ ब पठाउन थप १५ हजार लाग्ने भएकाले ३० हजार डलर संकलनका लागि गो फण्ड मी अभियान चलाईएको बताइएको छ ।
मृ’ तकका छोराबुहारी टिआर भिषा अर्थात् विद्यार्थी भिसामा रहेका कारण आर्थिक समस्यामा परेका छन् । उनका छोरा सन्जिब कार्की फुटबल खेलाडी हुन् ।
विज्ञहरुले यो घटना पाठ भएको भन्दै स्वास्थ्य विमा गराएर मात्र बो लाउन सुझाव दिएका छन् । ब्रिजवेनमा रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण
कोईरालाका अनुसार ७० वर्ष कटेकालाई अष्ट्रेलिया आउदा भिजिटर स्वास्थ्य बिमा गर्दा मेडिबैंक उपयोगी रहेको छ ।