निराकर पाण्डेको श,व नेपाल आउँदै !

कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्या”न गएको छ। कम्बोडि यास्थित पोइपेट सहरको ग्राण्ड डाय मन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आ”गलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो।

क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खडकाले दिएको जानकारी अनुसार होटेलमा आगलागी हुँदा निराकर त्यही फेसेका थिए।

कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फालेका झापाका निराकर पाण्डेले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।

उनले आगलागी सुरु भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो शव घरसम्म पुर्‍यादिनु होला भन्नु भएको थियो खड्काले भनेbमैले नआत्तिनु

उद्धारका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हाम फाल्नु भएछ ।’ बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो ।

आ”गलागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआत्तिन भनेको थिएँ खड्काले अनलाइनखबरसँग भने, समन्वय गर्दा गर्दै उहाँ हाम फाल्नु भएछ । उनले घ टनास्थलमा रहेका २०/२५ भन्दा बढी शवहरू अझै निकाल्न बाँकी रहेको पनि बताए ।

हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहे का छौं ।’ पाण्डेको हकमा चाहिँ मृ”त्यु भएको पुष्टि भएको बताउँदै उनले शवलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए ।

निराकरको यो दुखद मृत्युको घटनाले निराकरको परिवारलाई मात्र नभएर सम्पुर्ण नेपालीलाई गहिरो चोट पुर्‍याएको छ । उनले आफ्नो परिवारसँग गरेका ती कुराकानी र छोरालाई दिएका अन्तिम सन्देशले त झनै कैयौंको आँखामा आँसु नै आएको छ । यसैक्रममा आज भने निराकरका बाबू रुदै मिडियामा आएका छन ।

आगोमा जलेर खरानी हुनुभन्दा हाम फाल्नु नै उचित ठाने निराकरले । आमालाई धनगढी काममा छु भनेर ढाटेका रहेछन निराकरले ।

बुबा र दाजुलाई भने झ्याल फुटाउँदै गरेको खबर समेत बताएका रहेछन । अब बाबू छोराको भेट हुने यति नै होला अन्यथा नलिनु भन्दै सम्झाएका रहेछन वाबु चाहिँलाई । मेरो छोरो महान रहेछ भनेर छाती फुलाएर गर्व गरे उनले ।