
पछिल्लो समय सामाजिक संजालमा भाईरल हुने ट्रेन्ड निकै बढिरहेको छ । दिनप्रतिदिन सामाजिक संजाल प्रयोगकर्ताको संख्या वृद्धि भैरहेको परिवेशमा हालै एक युवती भाईरल भैरहेकी छिन् । सामाजिकमा कुनबेला को भाईरल हुन्छ भन्ने आकलन गर्न सकिँदैन ।
जुनसुकै परिवेश वा जुनसुकै क्षेत्रका जो कोहि पनि यो डिजिटल दुनियामा भाईरल हुन्छन् । सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।
कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायत का कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकट कमा एकदमै भाईरल नाम हो सुश्मा मगर ।
गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ ।
जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।
आज भने पत्रकार उनको घरमा नै पुगेका छन । स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी आज भने मिडियामै भक्कानो छोडेर रुएकी छिन ।
हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै
लिएर हिडेका रहेछन । दाजुहरु तिहारमा समेत आउँदैनन भन्दै भक्कानिइन उनी ।