स्वस्तिमासँग फिल्म खेल्न किन मानिनन् आँचलले के हो भित्री कुरा ?

मेरो फिल्मले बिहिबारमात्र नायिका स्वस्तिमा खड्का र वर्षा राउतले निर्मात्रीबाट निर्देशक बन्न लागेकी कृषा चौलागाइको फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक गरेको थियो ।

यो फिल्मको नाम तय भएको छैन भने वर्कशप चलिरहेको छ ।यो फिल्मको बारेमा मेरो फिल्म लाई अर्को खबर। प्राप्त भएको छ । कृषाले फिल्मका लागि वर्षा अघि नायिका आँचल शर्मालाई अफर गरेकी थिइन् ।

आँचलसँग एक चरण मिटिङ पनि भएको थियो । तर, आँचलले फिल्ममा काम गर्न अस्विकार गरेको श्रोतले बताएको छ ।यी दुईलाई फिल्ममा देख्ने दशृकको इच्छा पूरा हुन के गर्ला त्यो भने समयले देखाउला ।

आँचल र स्वस्तिमालाई एउटै फिल्ममा अटाउन कृषाले ठूलो पहल गरिन् । तर पटक पटकको भेट र छलफलमा पनि आँच्ल तयार न एको स्रोतको दाबी छ ।

स्वस्तिमा र आँचलले प्रकाश सपुतको हिट गीत ‘कुरा वुझ्नु पर्छ’मा काम गरेका थिए । यसपछि, यी दुइले एकसाथ काम गरेका छैनन् ।

आँचल फिल्म ‘नाई नभन्नु ल ६’मा व्यस्त छिन् भने स्वस्तिमाले ‘चिसो मान्छे’पछि कृषाको फिल्म साइन गरेकी हुन् ।