
म्याग्दी – ३ महिनाअघि वैदेशिक रोजगारीका लागि रोमानियामा गए का एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षीय देवेन्द्र पुन रहेका छन् ।
उनी पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर ३ म हिनाअघि मात्र रोमा निया पुगेका थिए । उनको टिमिसोरा शहरको भिजेजदियानजिक बानट मेलन एग्रिकल्चर कम्पनीमा काम गर्ने क्रम मा मेसिनमा च्यापिएर मृत्यु भएको बताइएको छ ।
पुनको दिउँसो करिब ३ बजे आलु टिप्ने क्रममा मेसिनको बेल्टमा च्यापिँदा ज्यान गएको जना इएको छ। उनको मृत्यु पछि उनको परिवार गहिरो शोकमा डुबेको छ ।
उनका बुवाआमा, दाजुहरू, पत्नी र एउटा ६ महिने शिशुसहित दुई छोरा छन्।पुनको शव नेपाल ल्याउन पहल भइरहेको रघुगंगा गाउँ पालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।
यो पनि,,गायिका समिक्षा अधिकारीले नराम्रो कमेन्ट गर्नेहरुलाई दिईन साइबर अपराधको कडा चेतावनी (स्टाटस सहित)
गायिका समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन थालेकी छिन् । केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटस मा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् ।
तर पछिल्लो समय नकारात्मक कमेन्टको सामना गरिरहेकी उनले भर्खरै एउटा पोस्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्- मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कम जोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन ।
नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।केहि समय पहिले गायिका समिक्षा अधिकारिले दर्शकले न राम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि थिईन ।
उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन। उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि थिईन।
जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी थिईन ।उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन ।
राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु ।
सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दि नुस भन्दै उनले किही समय पहिले रुदै भनेकी थिईन । गायिका समी क्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।