
काठमाडौं । छोरी कलशलाई लिएर अभिनेत्री जल शाह यतिबेला ने पाल आएकी छन् । समकालीन अभिनेता रमेश उप्रेतीसँग हिमालय टीभीबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ पुगेर उनले रमाइलो पनि गरिन् ।
नेपालमा झण्डै एक महिना रहने जलले उपयुक्त कथावस्तु पाए फि ल्ममा कमब्याक गर्न सक्ने समेत बताइन् ।काठमाडौं टेक्नेबित्तिकै उनलाई साथीभाइ र कलाकार भेट्न भ्याइनभ्याइ छ ।
आफू राम्रो कथावस्तुको पर्खाइमा रहेको जनाउँदै जलले वास्तविक जीवनमा आधारित फिल्ममा अभिनय गर्ने रुचि रहेको बताइन् । ‘म अभिनय भनेपछि मर्ने मान्छे हुँ ।
अभिनयबाहेक केही पनि आउँदैन । राम्रो सब्जेक्टको पर्खाइमा छु । वास्तविक जीवनमा आधारित फिल्म गर्ने इच्छा छ,’ उनले भनिन् ।
केही पहिलेको एक अन्तर्वार्तामा उनले आफूलाई कलगर्ल (यौनक र्मी)को भूमिकामा अभिनय गर्ने इच्छा रहेको बताएकी थिइन् । यस बारे सोधिएको प्रश्नमा उनले आफूलाई अहिले पनि त्यस्तो रोल गर्ने इच्छा रहेको बताइन् ।
‘कलगर्ललाई हेर्ने हाम्रो समाजको नजर अलग छ । त्यो चरित्रले उनीहरुको वास्तविक जीवन लाई बाहिर ल्याओस् भन्ने मेरो सोच छ ।
त्यो भूमिकामा आउन पहिले पनि मन थियो र अहिले पनि छ,’ जलले भनिन्, ‘मलाई वास्तवि क चरित्रमा अभिनय गर्ने रुचि छ ।’
जलले छोरी कलशलाई पनि अभिनयमा अघि बढाउनेतर्फ सोचेकी छन् । १६ वर्षीया छोरी कलश अहिले पढाइमा व्यस्त भएकाले, शि क्षा
सकिएपछि मात्र उनको इच्छाअनुसार अभिनय मा पनि अघि बढाउन सक्ने जलले बताइन् । ‘
उसमा अभिनयको रुचि भयो भने फिल्ममा किन आउन नदिनु ? सबैको माया र सम्मान पाइने यो क्षेत्रमा आउन त दिन्छु तर उसले पढाइ सक्नुपर्छ ।