१८ कटेको भेटियो किशोरीले आफैले भरेको जन्म दर्ताको फारम ! बाहिरीयो भित्री रहस्य ।

काठमाडौं – नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेवि रुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमा ण अस्पतालले पठाएको छ ।

आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पताल ले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते दे खिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।

पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषय मा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आ देश दिएको थियो ।

अस्पतालको तथ्यांकमा उनको जन्ममिति २० ६१ जेठ २ उल्लेख रहेको देखिएको वकिलहरू को दाबी गरेका थिए त्यो अहिले पुष्टि भएको छ ।

केही दिन अगाडि नुवाकोटबाट किशोरी रहेको भनिएको गाउँपालि काले पठाएको रेकर्डअनुसार अस्पतालले पठाएको जन्ममिति मिले को ती वकिलले बताए ।

पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ ।

जन्मदर्तामा जन्ममिति २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाएको पाइएको छ ।

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।

‘पीडित नाबालिग नभएको हामीले तथ्य फेला पारेका छौं, त्यसको प्रमाण हामीसँग छ, त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रि मालले भनेकी थिइन् ।