
काठमाडौं – निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् ।
साथै परिवारको तनाव ठुलो छ । सानै उमेरदेखि परिवार को उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् । बेनि षाले आफ्नो परिवारलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेकोबताईन् ।
साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् । पछिल्लो समय नेपाल आइृडलको टप १२ मा पुगेकी बेनिषाले आइृडलमा पनि आफ्नो आवाजले धेरैलाई प्रभावित पारिसकेकी छिन् ।
हुन त बेनिषाले दर्जनौ गीत रेकर्ड गरिसकेकी छिन् । चल्तीका गायिकाहरु जस्तो चर्चामा नरहेपनि उनका गीतहरुले दर्शकहरुको माया पाईरहेकै छन् ।
लाखौं दर्शकहरुले युटुबमा उनका गीतहरु हेरेका छन् । तर उनी स्टेज कार्यक्रमहरुमा त्यति व्यस्त देखिन्नन् ।
शिशिर भण्डारीसँगको कुरामा बेनिषाले आफुले पहिलो गीत रेकर्ड गर्दा आमाको गहना बेचेको खुलाईन् । उक्त गीत असफल हुँदा आमाको गहना फिर्ता ल्याउन नसकेको उनले बताईरहँदा उनका आँखाबाट आँशु झरे ।
साथै आफ्नो परिवार यतिबेला निकै ठुलो सँकटमा गुज्रिरहेको उनले बताईन् । परिवारमा ऋण लाग्दा घर लिलाम भएको कुरा सुनाउँदा बेनिषाको आँखा रसाए ।
धरधरी रुदै उनले आफ्नो कथा यसरी सुनाईन, भिडियो हेर्नुस