
काठमाण्डौ – झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।
भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दी मा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घि सिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो ।
झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
यो पनि,,१८ कटेको भेटियो किशोरीले आफैले भरेको जन्म दर्ताको फारम ! बाहिरीयो भित्री रहस्य । काठमाडौं – नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्का रको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।
आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पताल ले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते दे खिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।
पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषय मा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आ देश दिएको थियो ।
अस्पतालको तथ्यांकमा उनको जन्ममिति २० ६१ जेठ २ उल्लेख रहेको देखिएको वकिलहरू को दाबी गरेका थिए त्यो अहिले पुष्टि भएको छ ।
केही दिन अगाडि नुवाकोटबाट किशोरी रहेको भनिएको गाउँपालि काले पठाएको रेकर्डअनुसार अस्पतालले पठाएको जन्ममिति मि लेको ती वकिलले बताए ।
पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ ।
जन्मदर्तामा जन्ममिति २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाएको पाइएको छ ।
सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थि इन् ।
‘पीडित नाबालिग नभएको हामीले तथ्य फेला पारेका छौं, त्यसको प्रमाण हामीसँग छ, त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रि मालले भनेकी थिइन् ।