टिकटक लाइभबाट पनि जुवा, ४ जना पक्राउ

२८ पुस, काठमाडौं । टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट,

भक्तपर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट पक्राउ गरेको छ ।त्यस्तै भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो ।

उनीहरुले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खाातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरी उपरीक्षक को इरालाले बताए ।त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए ।

उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ ।प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा

खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिन मा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको कार्यालयका एसपी कोइरालाले जानकारी दिए ।