सन्दीप छुटेपछि खुसि हुँदै वकिलको खुलासा ! ‘सन्दीप छुटे अब पल शाह पनि छुट्छन् ढुक्क हुनुस’ ( भिडियो हेर्नुहोस् )

काठमाडौं । बला.त्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने लाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै उच्च अदालत पाटनले वि देश जान रोक लगाएकाे छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछाने लाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदा लत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अदालतले धराैटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान राेक लगाइएकाे छ ।

एक नाबालिकालाई बला.त्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यस लाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए।

उच्चको यो आदेशपछि लामिछाने बिहीबार नै तोकिएको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्।

सन्दीप छुटेपछि खुसि हुँदै वकिलको खुलासा ! ‘सन्दीप छुटे अब पल शाह पनि छुट्छन् ढुक्क हुनुस’