
काठमाडौं – उच्च अदालत पाटनले बला’त्कार आ’रोप लागेका रा ष्ट्रिय क्रिकेट टोलीका निल’ म्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ ध’रौटी बुझाएर थुना’मुक्त गर्ने आदेश गरेको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालाशले आज धरौ’टीमा थुना’मुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमा डौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पु नरावलोकनको निवेदन दिइएको थियो ।
उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटीमा लिएर थुना मुक्त गर्न भनेको छ । पाटन अदालत अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछानेले जिल्ला प्रहरी कार्यालय
काठमाडौंको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्नेलगायतको निश्चित आचरणमा बस्नुपर्ने अदालतको आदेशमा छ । भोलि बिहानबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ ।
गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए ।
लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बला’त्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौं अदालतमा मु’द्दा दायर गरिएको थि यो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।
लामिछानेले भने आफूविरुद्ध लागेको बला’त्कार आ’रोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्रा ष्ट्रिय विमानस्थलबाटै प’क्राउ गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दी पलाई धरौ’टीमा रिहा गर्ने अदालतको आदेश सकारात्मक भएको बताएका छन् ।
सन्दीपको रिहाइ नेपाली क्रिकेटका लागि सुखद भएको उनको भनाइ छ । चन्दले सन्दीप नेपालको मात्रै नभएर एसोसिएट राष्ट्रकै गहना भ एको बताए ।
उनले आगामी दिनमा न्यायको लडाइँमा क्यानले सन्दीपलाई सघाउने बताए ।