सशस्त्र प्रहरीलाई गृहमन्त्री रवि लामिछानेले यस्तो निर्देशन दिएपछि …

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रशासनिक ए वं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको शनिबार निरीक्षण भ्रम णका क्रममा गृहमन्त्री लामिछानेले सकल दर्जाका सशस्त्र प्रहरी कर्म चारीहरुलाई सो निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणको उनले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्नेमा पनि जोड दिए ।

गृहमन्त्री लामिछानेले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङचुङ गोला र छाङ्गरुको कठ्याङग्रिदो चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालत मा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाईंहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होइन जीवन कालभरी तपार्इंले गरेको सलामको इज्जत राख्ने छु,’ उनले भने ।

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउँदै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।

’उनले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोही अनु सार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छा,ै राम्रो गर्ने छौ, का नुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडि बढ्नु जरुरी रहेको बताए ।

उनले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधा एर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डरा ओस् र कहिल्यै शीर नउठाओस् भन्ने सबैको चाहना रहेको बताए ।

सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्ने र एकै ठाँउमा कार्य गर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भन्दै उनले सरुवा, बढुवालगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताए । उनले सशस्त्र प्रहरी बल नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्धार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आन्तरिक प्रशासनलाई प्रणा लीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्न का लागि पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमा नयोग्य स रुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी का र्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताए ।

संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासनप्रतिको संवेदन शिलता, फौजी अनुशासन, चेनअफ कमा ण्डको पालना, सेवाग्राही जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको आधारमा संगठनको व्यावसायि कताको स्तर

मापन हुनुकासाथै आम जनमानसको विश्वास कायम रहने चर्चा गर्दै महानिरीक्षक अर्यालले संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासमा मन्त्रालयबाट पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्था गत एवं संरचनागत सुधारका योजनाहरु पनि उपप्रधान तथा गृहमन्त्री समक्ष प्रस्तुत गरेका थिए । उनले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था र हेको बताउँदै वृत्तिविकासको साथसाथै पेन्सन अवधि जुनियर अधि कृतको १८ वर्ष, विल्लादार जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

राजधानी दैनिक बाट