
धरानका मेयरले यसरी झाडु बोकेर भानु चौकमा उत्रिए , यो देखेर सबैले गरे तारिफ (भिडियो सहित)
धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेका छन् ।
क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।
बुधबारै मेयर राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन आफ्नो सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए ।
अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक ट्वाइलेटको समेत निरिक्षण गरेका थिए ।
यो पनी….धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छ ।
देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।