
१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।
‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवाल यले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद को आकस्मिक बैठक समेत बोला इसकेका छन् ।गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेका छन् ।
दु:खद घटना पोखरमा ६८ जना यात्रु बोकेको जहाज दुर्घटना (भिडिओ)पोखरा – आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परे,,,को कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
‘अहिले सुरक्षाकर्मी गएका छन्। विस्तृत जानकारी आउन बाँकी छ,’ केसीले भने।
पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। स्थानीय सुनिल रानाभाटका अनुसार आगो ठूलो छ।
पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना पोखरा विमानस्थलमा यति एयरलाइ न्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका
प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमा डौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।