
काठमाडौं । ६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उप त्यकाको सेती नदी खोंचमा खस्यो ।
दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।
चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्न बाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टि कट रद्द गराएका थिए ।
साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घ टनाबाट बचेको उनको भनाइ छ ।
अन्य समाचार / काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयर लाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पा इएको छ । उनले शनिबार छन्त्याल भवन काठमाडौंमा
गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दुर्घटना भयो ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोख राको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन ।
उनले विमान उड्नुअघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् । उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आ माबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’