दुर्घनाग्रस्त विमानमा थिए ट्रमा सेन्टरका चिकित्सक दम्पती

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक दम्पती पनि परेको खुलेको छ ।

विमान दुर्घटनामा ट्रमा सेन्टरमा कार्यरत अर्थोपे डिक सर्जन डा. सु शील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र छोरी पनि परेको पुष्टि भएको छ । दम्पती स्थायी घर पोखरा जाँदै थिए ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डा. सुशील हिजोसम्म ड्युटी गरेर आजबाट छुट्टीमा थिए ।

‘दुर्घटनामा परेको पुष्टि भयो अब उहाँहरुको अवस्थाबारे थप आधिकारिक जानकारी आएको छैन’ डा. मरासिनिले भने ।

विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ३५ जनाको शव निकालिएको छ भने तीन जनाको जीवितै उद्धार भएको प्रहरीले जनाएको छ ।