
कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्स को विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खति वडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चा हन्थे ।
त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्स ले जागिर दिने अफर गर्यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो ।
आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् ।
भारतमा प्लस टु पास गरेपछि उनले अमेरिका बाट पाइलटको अ ध्ययन पूरा गरेर नेपाल आए की थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो ।
आज भएको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् । तर, आजको उडानलाई उनले सफलतापूर्वक सम्पन्न गर्न सकिनन् ।
पोखरामा भएको दुर्घटनामा उनी अहिलेसम्म वे-पत्ता छिन् । उद्धारक र्ताहरुले खोजी र उद्धार कार्य जारी रहेको छ । विराटनगर– ५ घर भ एकी उनका बुबा गोविन्द खतिवडा ६५ वर्ष माथिका भए ।
उनकी आमा इन्दिरा खतिवडा पनि अन्दाजी ६० वर्ष पुगिन् ।अञ्जु की एक मात्रै अन्दाजी २२ वर्षीय छोरी क्यानडामा अध्ययनरत छिन् । उनलाई पनि विमान दुर्घटनाबारे सूचना पठाइ एको पारिवारिक स्रोतले जनाएको छ ।
विराटनगरस्थित उनको घरमा शोकाकुल अवस्था छ । बुबा गोविन्द खतिवडा बिलौना गरिरहेका थिए, ‘मलाइ नै सब हुनुपर्ने, ज्वाइँको पनि निधन भयो, छोरीको पनि प्लेन दुर्घटनामै निधन भयो ।’
रातोपाटि बाट