को-पाइलट अञ्जुको उचारचढाव जीवन, दुर्घटनामा परेको जहाज उडाउने टिम

काठमाडौं । दुर्घटना भएको यती एयरलाईन्सको ९– एनएसी एटी आर ७२ नामक जहाजकी को–पाईलट अञ्जु खतिवडाका पतिको १६ वर्ष अगाडि यती एयरलाईन्सकै जहाज दुर्घटनामा मृत्यु भएको थियो ।

आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाईन्सको जहा जलाई क्याप्टेन कमल केसीले उडाएका थिए । अञ्जु मोरङको विरा टनगर महानगरपालिका–५ चाँदनी चोककी हुन् ।

जुम्लाको विमानस्थलमा २०६३ सालको जेठ २९ गते भएको यती एयरलान्सको जहाज दुर्घटनामा अञ्जुका पति को–पाइलट दीपक पोखरेलको मृत्यु भएको थियो । सो दुर्घटनामा ९ जनाले ज्यान गु माएका थिए ।

पतिको मृत्युपछि अञ्जुले अमेरिका गएर पाइलटको अध्ययन र प्र शिक्षण लिएकी थिइन् । अञ्जुले एक सय घण्टा उडान पूरा गरेकी छिन् ।

अमेरिकाबाट नेपाल आएपछि अञ्जुले यती एयरलाईन्सको जहाज उडाउन थालेकी थिइन् ।

अञ्जुले प्राथमिक शिक्षा विराटनगरमा लिएकी थिइन् । उनले स्नातक तहसम्मको अध्ययन भारतबाट गरेकी हुन् ।

अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । दीपकको जहाज दुर्घट नामा मृत्यु भएपछि अञ्जुले सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् । अञ्जु र सुवासबाट ७ वर्षीय छोरा छन् ।

क्याप्टन कमल केसी काठमाडौंको बुढानिल कण्ठ निवासी हुन् । उन ले यती एयरलाईन्सको जहाज उडाउनु अगाडि केही समय नेपाल ए यरलाईन्सको जहाज पनि उडाएका थिए ।

क्याप्टन केसी र को–पाईलट अञ्जु खतिव डासँगै जहाज दुर्घटनामा दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आले मगरको पनि मृत्यु भएको छ ।

https://youtu.be/mOHhZQ7mOtQल